रेड सी मा दुई अमेरिकी पाइलटमाथि गोली प्रहार, एकजना घाइते
प्रकाशित मिति : पुस ७, २०८१ आईतबार
अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएको छ ।
दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ । चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको छ । अमेरिकाको सेन्ट्रल कमान्डले यो घटना शत्रुतापूर्ण आक्रमण नभएको बताएको छ । तर यसको पूर्ण अनुसन्धान भने भइरहेको बताएको छ ।
सेन्टकमका अनुसार निर्देशित क्षेप्यास्त्र क्रुजर युएसएस गेटिसबर्गले ‘भूलवश एफ ए–१८’ लडाकु विमानमा प्रहार गरेको थियो ।
यमनका हुथी विद्रोहीहरूले रेड सी र एडेनको खाडीमा इजरायली व्यापारिक जहाजहरूलाई आक्रमण गरिरहने गरेकाले अमेरिका एक वर्षभन्दा बढी समयदेखि ति जहाजहरुको सुरक्षाका लागि सकृय रुपमा लागि रहेको छ ।
इजरायलको व्यापारिक केन्द्र तेल अभिवमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहारबाट मानिस घाइते भएको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले शनिबार यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी यमनको लक्ष्यमा आक्रमण गरेको बताएको थियो ।
अमेरिकी सेनाले रेड सीमा हुथी ड्रोन र जहाजभेदी क्रुज क्षेप्यास्त्र पनि खसालेको छ ।
सन् २०२३ को अक्टोबर ७ देखि इजरायल र हमासबीच युद्ध जारी रहेको गाजामा हुथी विद्रोहीले प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाएका छन् ।