अमेरिकी राष्ट्रपति बाइडेनद्धारा मृत्युदण्डको सजाय पाएका ३७ जनाको सजाय आजीवन कारावासमा परिणत
प्रकाशित मिति : पुस ८, २०८१ सोमबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले मृत्युदण्डको सजाय पाएका ३७ जनाको सजायलाई आजीवन कारावासमा परिवर्तन गरेका छन ।
संघीय अदालतले मृत्युदण्डको सजाय तोकेका ३७ जनालाई बाइडेनले सजाय माफी गर्दै आजीवन कारावासमा परिणत गदिएका हुन ।
राष्ट्रपति बाइडेनले आफ्नो जीवनभर हिंसात्मक अपराध कम गर्न र न्यायिक प्रणालीलाई निष्पक्ष र प्रभावकारी बनाउन प्रतिबद्धता जनाउँदै आएका छन ।
आतंकवाद र घृणाले प्रेरित सामूहिक हत्याका घटनाहरू बाहेक अमेरिकाले संघीय स्तरमा मृत्युदण्डको प्रयोग बन्द गर्नुपर्छ भन्नेमा बाइडेन बिश्वस्त रहेका छन ।
यो निर्णय यसैका आधारमा गरिएको बाइडेन प्रशासनले बताएको छ । राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेपछि संघीय मृत्युदण्ड कार्यान्वयनमा रोक लगाउन आफ्नो प्रशासनले मोराटोरियम लागू गरेको थियो ।
पछिल्लो निर्णयले आगामी प्रशासनहरूले अहिलेको नीति र अभ्यासअनुसार दिन नपाउने मृत्युदण्ड सजाय कार्यान्वयन गर्नबाट रोक्नेछ ।
यो निर्णयले राष्ट्रपति बाइडेनको आपराधिक न्याय सुधारमा पुर्याएको योगदानलाई थप मजबुत बनाएको छ।
उनले आफ्नो कार्यकालमा अहिलेसम्मका राष्ट्रपति ले भन्दा बढी सजाय माफी दिइसकेका छन ।
यसै महिनाको सुरुमा, राष्ट्रपति बाइडेनले करिब १,५०० अमेरिकीहरूलाई माफी दिएका थिए । जुन एउटै दिनमा दिइएको सबैभन्दा धेरै माफी हो ।
यी माफीहरूले पुनःस्थापना र समुदायलाई सुरक्षित बनाउन प्रतिबद्धता देखाएका व्यक्तिहरूलाई समेटेको छ।
राष्ट्रपति बाइडेन अमेरिकी इतिहासमा पहिलो राष्ट्रपति हुन जसले सामान्य रुपमा लागूपदार्थको प्रयोग र सम्पत्ति राख्ने मामलामा दोषी ठहरिएका व्यक्तिहरू र यौनिक झुकावका कारण दोषी ठहरिएका पूर्व सैनिकहरूको समूहलाई समेत माफी दिएका छन ।