भारतका दिवंगत नेता सिंह र अमेरिकाको सम्वन्ध कस्तो थियो ?


प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।

सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।

उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थियो ।

सिंहको कार्यकालमा भारतले अमेरिकासंग गरेको सम्झौतामा हस्ताक्षरका कारण परमाणु व्यापारमा रहेको प्रतिबन्ध अन्त्य गरेको थियो । सिंहको कार्यकालमा भारत र अमेरिकाको सम्वन्ध सुमधुर रहेको जानकारहरु बताउछन । अमेरिकामा राष्ट्रपतिको रुपमा बाराक ओवामा रहेका थिए ।

इजरायल र चीनसँगको सम्बन्ध सुधार भएको थियो । यसले एसियाको प्रमुख शक्ति केन्द्रको रूपमा भारतका प्रतिस्पर्धी समक्ष आफुलाई उभ्याउन भारत सफल भएको थियो ।

सिंहकै कार्यकालदेखि अफगानिस्तानको सरकारलाई आर्थिक सहायता प्रदान गर्दै भारतको क्षेत्रीय स्थिति बलियो बनाउन थालेको थियो ।

त्यो वर्ष उनको पार्टीको पराजयपछि, श्री सिंह आफ्नै विश्वविद्यालय, पञ्जाब विश्वविद्यालयमा प्राध्यापकको रूपमा शिक्षणमा फर्किए। उनले भारत नयाँ हिन्दू राष्ट्रवादी सरकारको नेतृत्वमा कुन दिशा तर्फ गइरहेको छ भन्ने विषयमा चिन्ता व्यक्त गर्न जारी राखे।

भारतीय प्रधानमन्त्री मोदी,लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उहाँलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् ।

प्रधानमन्त्री मोदीले भारतले आफ्ना एक सम्मानित नेता डा मनमोहन सिंहजीलाई गुमाएको बताए ।

कांग्रेस नेता राहुल गांधीले मनमोहन सिंहजीले ठूलो बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गर्नुभयो । उहाँको नम्रता र अर्थशास्त्रको गहिरो ज्ञानले सम्पूर्ण राष्ट्रलाई प्रेरित गरेको भनेका छन ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको हो । उनी ९२ वर्षका थिए । घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स लगिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com