उत्तर कोरियाली सेनालाई युद्धको क्रममा युक्रेनी सेनाले कब्जा गरेको दक्षिणको दावी


प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार

युक्रेनी सेनाले एकजना उत्तर कोरियाली सैनिकलाई कब्जा गरेको छ । उनी घाइते अबस्थामा रहेका थिए । उनलाई रूसको युद्ध सहयोग गर्न पठाइएको थियो ।

यो घटनाको दक्षिण कोरियाको गुप्तचर एजेन्सीले शुक्रबार पुष्टि गरेको छ।

उत्तर कोरियाबाट रुसलाई युद्ध सहयोगका लागि युक्रेन पठाइएका पहिलो सैनिक कैदी भएको विश्वास गरिन्छ । डिसेम्बरपछि पहिलोपटक उत्तर कोरियाली सैनिकलाई युक्रेनी सेनाबाट कब्जा गरिएको हो ।

युक्रेन र दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले रूसलाई सहयोग गर्न १० हजार भन्दा बढी सैनिक पठाएको छ ।

यद्यपि, रुस र उत्तर कोरियाले यी सैनिकहरूको उपस्थिति पुष्टि वा अस्वीकार गरेका छैनन्।

उत्तर कोरियाली सैनिकहरूलाई कब्जा गरेर रूसीहरूसँग युक्रेनी युद्धबन्दीहरूको साटासाट गर्न युक्रेनका लागि बढी फाइदा हुन सक्छ ।

युक्रेनी सेनाले भनेको छ कि उत्तर कोरियाली सैनिकहरूलाई नक्कली रूसी परिचयपत्र प्रदान गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सैनिकहरूले युद्धमा मारिएका उत्तर कोरियालीहरूको अनुहार जलाएको आरोप लगाएका थिए ।

उनीहरूले आफ्नो पहिचान लुकाउन यस्तो गरेको उनले बताए ।

जेलेन्स्कीका अनुसार रूसको कुर्स्क क्षेत्रमा भएको लडाइँका क्रममा ३ हजार भन्दा बढी उत्तर कोरियाली सैनिकहरू मारिएका वा घाइते भएका छन् ।

रूसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण स्तरीय आक्रमण सुरु गरेको थियो ।

पछिल्ला दिनहरूमा उत्तर कोरियाली सैनिकहरूको रूसमा तैनाथीले यी दुई अन्तर्राष्ट्रिय रूपले अलग्गिएका राष्ट्रहरू बीचको सम्बन्ध बढ्दै गएको संकेत गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com