युक्रेनी सेनाले नियन्त्रणमा लिएका उत्तर कोरियाली सैनिकको मृत्यु


प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार

पक्राउ परेका उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ । दक्षिण कोरियाली गुप्तचर निकायले बताए अनुसार युक्रेनविरुद्धको रूसको युद्धका क्रममा घाइते अबस्थामा पक्राउ परेका ति सैनिकको मृत्यु भएको हो ।

उत्तर कोरियाले रूसी सेनालाई सहयोग गर्न हजारौँ सैनिक तैनाथ गरेको छ । उनीहरू प्राय कुस्र्क सीमा क्षेत्रमा तैनाथ छन् । कुस्र्क अगस्टमा युक्रेनले नियन्त्रणमा लिएको रूसी क्षेत्र हो ।

उत्तर कोरियाली सैनिकमध्ये एक जनालाई युक्रेनी सेनाले बिहीबार जीवितै नियन्त्रणमा लिएको दक्षिण कोरियाली गुप्तचर स्रोतले जानकारी दिएको छ ।

कुस्र्कमा तैनाथ उत्तर कोरियाली सैनिक समातिएको केही घण्टापछि सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस ले ती सैनिकको मृत्यु भएको जनाएको हो ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com