दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो, २ जनाको उद्धार


प्रकाशित मिति : पुस १३, २०८१ शनिबार

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

१८१ जना सवार एक विमान दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको अग्नि नियन्त्रण सेवाले जानकारी दिएको छ ।

योन्हाप समाचार एजेन्सीका अनुसार विमान मुयान अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गबाट बाहिर गएर पर्खालमा ठोक्किएको हो ।

यो विमान दक्षिण कोरियाको दक्षिण पश्चिम क्षेत्रमा रहेको विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो ।

जेजु एयरको विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । यो थाइल्याण्डको बैंककबाट फर्किंदै थियो ।

अवतरण गर्ने क्रममा यो दुर्घटना भएको बताइएको छ ।

हालसम्म दुई जना मात्रै जीवित अवस्थामा फेला परेका छन् । उद्धार कार्य अझै जारी रहेको छ ।

विमानको पछाडिको भागमा फसेका मानिसहरूलाई उद्धार गर्न आपतकालीन सेवाहरू प्रयासरत रहेको विमानस्थलका एक अधिकारीले बताएका छन्।

विमानमा रहेका यात्रुमध्ये १७३ जना दक्षिण कोरियाली नागरिक र दुई जना थाइ नागरिक थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com