अमेरिकाको फ्लोरिडामा दमकल र रेल ठोक्किए


प्रकाशित मिति : पुस १३, २०८१ शनिबार

अमेरिकाको फ्लोरिडामा दमकल र रेल ठोक्किएका छन । डेलरे बीचमा दमकल र ट्रेन ठोक्किँदा ३ जना दमकल कर्मचारी र १२ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । यस अनुसन्धानको नेतृत्व डेलरे बीच प्रहरी विभाग, ट्रेन अपरेटर ब्राइटलाइन, र राष्ट्रिय यातायात सुरक्षा बोर्डले गरिरहेका छन् ।

ब्राइटलाइनले ओरल्यान्डो र मियामीबीच यात्रु रेल सेवा प्रदान गर्छ । डेलरे बीचका तीन दमकलकर्मीलाई अस्पताल लगिएको छ ।

पाल्म बीच काउन्टी फायर रेस्क्युले घटनास्थलमा सहयोग गर्दै रेलका यात्रुलाई अस्पताल पुर्याएको छ । उनीहरूको चोट सामान्य रहेको बताइएको छ ।

राष्ट्रिय यातायात सुरक्षा बोर्डले यस घटनाबारे तथ्यगत जानकारी संकलन गरिरहेको बताएको छ ।

डेलरे बीच फायर रेस्क्युका प्रमुख रोनाल्ड मार्टिनले पत्रकार सम्मेलनमा भने, यो घटनाको ठीक अघि हाम्रो अर्को सेवा कल थियो।

ब्राइटलाइनले सन् २०१८ मा दक्षिण फ्लोरिडामा आफ्नो सेवा सुरू गरेको थियो ।

सन् २०२३ को सेप्टेम्बरमा ब्राइटलाइनले ओरल्यान्डोदेखि दक्षिण फ्लोरिडासम्मको सेवा विस्तार गरेयता यो ट्रेनसँग जोडिएका पहिलो घटना भने होइन ।

फेडरल रेलरोड प्रशासनका तथ्यांकअनुसार, २०२३ को सेप्टेम्बरदेखि २०२४ को जूनसम्म ओरल्यान्डोदेखि मियामीसम्मको सम्पूर्ण मार्गमा ब्राइटलाइन ट्रेनसँग सम्बन्धित घटनामा ३४ जनाको मृत्यु भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com