राष्ट्र सङ्घ भन्छ : युक्रेन र गाजामा बालबालिका मारिनेक्रम बढ्यो
प्रकाशित मिति : पुस १४, २०८१ आईतबार
इजरायलले हमला जारी राखेको गाजामा कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घले बताएको छ ।
राष्ट्र सङ्घले आफ्नो प्रतिवेदनमा विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने तथा ४७ करोड २० लाख द्वन्द्व र हिंसाका कारण विस्थापित भएको बताएको हो ।
अध्ययनमा संयुक्त राष्ट्र बाल कोष युनिसेफले विश्वले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्वन्द्वको सामना अहिले गरिरहेको बताएको छ ।
प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडान जस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वलाई प्रतिवेदनमा समावेश गरिएको छ ।
सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसङ्घले पुष्टि गरेको छ ।
गाजा र युक्रेनमा भएको द्वन्द्वमा हजारौं बालबालिका मारिएका तथा घाइते भएकाले यो तथ्याङक बढेको हो ।
रिपोटका अनुसार इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वका कारण गत १५ महिनामा गाजामा कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु भएको छ ।