अमेरिकाको टेक्सासमा भीषण हुरीका कारण २ जनाको ज्यान गयो, ४ जना घाइते
प्रकाशित मिति : पुस १४, २०८१ आईतबार
अमेरिकाको दक्षिणपूर्वी टेक्सासमा आँधीबेहरी अर्थात टोरनाडोले दुई जनाको ज्यान लिएको छ । थुप्रै व्यक्ति घाइते भएका छन् । शनिबार मिसिसिपीमा भीषण आँधीबेहरीले असर पुर्याएको अधिकारीहरूले बताएका छन् ।
टेक्सासको ब्राजोरिया काउन्टीमा, ह्युस्टनबाट करिब ३० माइल दक्षिणमा टोरनाडोले धेरै ठाउँमा जमिन छोएको थियो ।
ब्राजोरिया काउन्टी शेरिफ कार्यालयकी प्रवक्त्ता म्याडिसन पोल्स्टनले शक्तिशाली हावाले कम्तीमा १० वटा भवनहरू भत्काएको बताइन । जसमा स्कुल र आवास समेत थिए ।
। कम्तिमा ४ जना घाइते भएका छन ।
ब्राजोरिया काउन्टी मा भीषण हुरी अर्थात टोरनाडो आएको हो । काउन्टी शेरिफको कार्यालयका अनुसार टोरनाडोले धेरै ठाउँमा क्षति पुर्याएको छ ।
ब्राजोरिया काउन्टी शेरिफको कार्यालयकी प्रवक्ता म्याडिसन पोल्सटनका अनुसार, ह्युस्टनको दक्षिणमा ३० माइल टाढाको एक नगरबाहिरको क्षेत्रमा दिउँसो टोरनाडोले पटकपटक अवतरण गरेको थियो ।
शक्तिशाली हावाहुरीका कारण कम्तिमा १० भवनहरू क्षतिग्रस्त भएका छन । जसमा स्कुल र आवासहरू समेत समावेश छन् ।
ब्राजोरिया काउन्टीमा टोरनाडो प्रायः आउँदैन । यदि आयो भने पनि यस स्तरको क्षति वा घाइतेहरू हुने अवस्था पनि निकै दुर्लभपूर्ण मानिन्छ ।
नेशनल वेदर सर्भिस ले लुइजियाना, मिसिसिपी र टेक्साससमेत मा टोरनाडोको चेतावनी जारी गरेको थियो ।
यो घातक टोरनाडोले टेक्सासको ब्राजोरिया काउन्टीमा दुर्लभ तर गम्भीर असर पुर्याएको छ ।
यसले स्थानीय बासिन्दाहरूलाई प्राकृतिक विपद्को सामना गर्न थप तयारीको आवश्यकता भएको देखाएको छ ।