अमेरिकी अर्थ मन्त्रालयको प्रणाली ह्याक भएको खुलासा, चीनद्धारा अमेरिकी आरोप अस्वीकार


प्रकाशित मिति : पुस १५, २०८१ सोमबार

अमेरिकी अर्थ मन्त्रालयको प्रणाली ह्याक भएको छ । अमेरिकी अधिकारीहरुले चिनियाँ राज्य प्रायोजित एक ह्याकरले अमेरिकी अर्थ मन्त्रालयको प्रणाली ह्याक गरेर कर्मचारीहरूको वर्कस्टेशन र केही अवर्गीकृत दस्तावेजहरू पहुँच गरेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।

यो ह्याकिङ गत डिसेम्बरको सुरुतिर भएको थियो । यसबारे जानकारी वित्त विभागले सांसदहरूलाई पठाएको पत्रमार्फत सार्वजनिक गरिएको हो ।

वित्त विभागले यस घटनालाई प्रमुख घटनाको रूपमा चित्रण गर्दै एफबीआई र अन्य निकायहरूसँग मिलेर यसको प्रभावको अनुसन्धान गरिरहेको बताएको छ ।

वाशिंगटन डीसीस्थित चिनियाँ दूतावासका प्रवक्ताले यो आरोपमा कुनै पनि तथ्यगत आधार नभएको बताएका छन् ।

वित्त विभागले आफ्नो पत्रमा उल्लेख गरेअनुसार चीन आधारित ह्याकरले तेस्रो पक्ष सेवा प्रदायकको प्रयोग गरेर सुरक्षा प्रणालीलाई ओभरराइड गरेको थियो । यस सेवा प्रदायकले कर्मचारीहरूलाई टाढाबाट प्राविधिक सहयोग प्रदान गर्दै आएको थियो ।

अधिकारीहरूले बताएअनुसार ह्याकरले त्यसपछि वित्त विभागको जानकारीमा कुनै पहुँच गरेको प्रमाण फेला परेको छैन ।

एफबीआईका साथै साइबर सुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सी र तेस्रो पक्ष फरेन्सिक अनुसन्धानकर्ताहरूसँग मिलेर वित्त विभागले यो ह्याकिङको सम्पूर्ण प्रभाव पत्ता लगाउन काम गरिरहेको बताएको छ ।

अहिलेसम्मको प्रमाणका आधारमा यो ह्याकिङ चीन आधारित उन्नत स्थायी खतरा ९एपीटी० समूहू द्वारा गरिएको देखिएको छ ।

ह्याकरले वित्त विभागका केही कर्मचारीका वर्कस्टेशनहरू र उनीहरूले राखेका केही अवर्गीकृत फाइलहरूमा पहुँच गर्न सकेको थियो ।

अधिकारीहरूले बताएअनुसार, ह्याकरहरूको उद्देश्य जानकारी संकलन गर्नु थियो तर आर्थिक चोरी गर्ने भने थिएन ।

वित्त विभागले आफ्नो प्रणाली र त्यसमा राखिएको डाटाको सुरक्षालाई उच्च प्राथमिकता दिएको बताउँदै आगामी ३० दिनभित्र यस घटनासम्बन्धी थप विवरण सांसदहरूलाई उपलब्ध गराउने बताएको छ ।

चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले वित्त विभागको प्रतिवेदनलाई अस्वीकार गर्दै ह्याकरको स्रोत पत्ता लगाउन गाह्रो हुनसक्ने बताए ।

अमेरिकाले साइबर सुरक्षाको नाममा चीनलाई बदनाम गर्ने काम बन्द गर्नुपर्छ र तथाकथित चिनियाँ ह्याकिङ खतराहरूबारे सबै प्रकारका गलत जानकारी फैलाउन बन्द गर्नुपर्छ चिनिया प्रवक्ताले भनेका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com