दक्षिण कोरियाली पूर्वराष्ट्रपतिविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्यो


प्रकाशित मिति : पुस १६, २०८१ मंगलबार

दक्षिण कोरियाली अदालतले महाभियोग लगाइएका पूर्वराष्ट्रपति युन सुक योएलको विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यो पुर्जी उनले अल्पकालीन सैनिक शासन घोषणा गरेको मामिलामा जारी गरिएको हो ।

सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्टले मंगलबार संयुक्त अनुसन्धान मुख्यालय को अनुरोधमा उक्त पक्राउ पुर्जी स्वीकृत गरेको हो ।

संयुक्त अनुसन्धान मुख्यालय राष्ट्रपति युनलाई विद्रोह र शक्तिको दुरुपयोगको मामिलामा अनुसन्धान गर्दैछ ।

उच्च पदस्थ अधिकारीहरूको भ्रष्टाचार अनुसन्धान कार्यालय, प्रहरी र रक्षा मन्त्रालयका अधिकारीहरू सामेल रहेको समितिले निकालेको बिज्ञप्तिमा राष्ट्रपति युन सुक योएलको लागि पक्राउ पुर्जी र खोजी पुर्जी जारी गरिएको हो ।

यो कदम दक्षिण कोरियाली इतिहासमा पहिलो पटक हो । पूर्वराष्ट्रपति विरुद्ध गिरफ्तार गर्ने प्रयास गरिएको यो इतिहासमा पहिलो पटक हुनेछ ।

तर अधिकारीहरूले पूर्वराष्ट्रपति युनलाई कहिले हिरासतमा लिन प्रयास गर्ने भन्ने कुरा अहिलेसम्म बताएका छैनन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com