महिलालाई रोजगारी दिने गैरसरकारी संस्थाको इजाजत खारेज गर्ने अफगानी सरकारको चेतावनी


प्रकाशित मिति : पुस १६, २०८१ मंगलबार

संयुक्त राष्ट्र सघले गैरसरकारी संस्थाहरूमा काम गर्ने अफगानी महिलाहरूमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको छ ।

एनजीओहरूले अफगान महिलाहरूलाई काम गराउन जारी राखेमा उनीहरूको इजाजतपत्र खारेज गर्ने आदेश जारी गरेपछि राष्ट्रसंघको यो पछिल्लो धारणा बाहिर आएको हो ।

मानव अधिकार प्रमुख भोल्कर टर्कले अफगानिस्तानको तालिबान अधिकारीहरूले गरेको पछिल्लो आदेश गलत छ र यसलाई फिर्ता लिन आवश्यक रहेको बताए ।

स्वदेशी तथा विदेशी गैरसरकारी संस्थामा महिला कर्मचारीले गरिरहेको काम रोक्न तालिवान सरकारले सर्कुलर जारी गरेको छ ।

टर्कले अफगानिस्तानमा मानवीय अवस्था नाजुक रहेको बताए । आधा भन्दा बढी जनसङ्ख्या गरिबीमा बाँचिरहेका छन् ।

गैरसरकारी संस्थाहरूले अफगान महिला, पुरुष, केटाकेटीहरूलाई जीवन बचाउने सहायता प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन उनले भनेका छन ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिवान महिलालाई अधिकार दिने सवालमा कठोर बन्दै गएको छ । त्यहाँका बालिका देखि महिला सम्मले शिक्षा र रोजगारीका अबसरबाट वंञ्चित हुनुपर्ने अबस्था देखिएको छ ।

सन् २०२१ अगस्ट १५ मा अफगानिस्तानमा पुनः तालिवान शासन सुरु भएको थियो । दुई दशक लामो संघर्षपछि विद्रोही समूह तालिवान पुनः अफगानस्तिानको सत्तामा पुगेको हो ।

देशका ३४ मध्ये २६ प्रान्तसहित राजधानी काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तानका गृहमन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको जनाएका थिए ।

त्यसलगत्तै राष्ट्रपति असरफ घानी देश छाडेर भागेका थिए । त्यसयता अफगानिस्तानमा तालिवानले शासन गर्दै आएको छ ।

१९९० को सुरुमा कट्टरपन्थी धार्मिक अभियानका रूपमा सुरु भएको तालिवान ४ वर्षपछि तालिवानका रूपमा शक्तिशाली बनेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com