अमेरिकाको न्यू आर्लिन्समा नयाँ वर्ष मनाइरहेकाहरुको भीडमा गाडीले किचेर १० जनाको मृत्यु
प्रकाशित मिति : पुस १७, २०८१ बुधबार
अमेरिकाको न्यू आर्लिन्समा गाडी भिडमा लगिदा १० जनाको मृत्यु भएको छ । ३५ जना भन्दा बढि घाइते भएका छन ।
बॉर्बन स्ट्रीटमा नयाँ वर्षको उल्लास मनाइरहेका मानिसहरूको भीडमा एक संदिग्ध ड्राइभरले आफ्नो पिकअप ट्रकलाई उच्च गति सँग चलाएर लगेपछि यो घटना भएको हो ।
यस आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको र दर्जनौं अन्य घाइते भएका स्थानीय र संघीय अधिकारीहरूले जानकारी दिएका छन्।
तीन ब्लक लामो क्षेत्रमा ट्रकले दर्जनौं व्यक्तिहरूलाई किचेको थियो । उक्त व्यक्तिले गाडीबाट फायरिङ पनि गरेको थियो ।
ति व्यक्तिलाई प्रहरीले गोली हानेर मारेका छन । सो घटनामा २ जना प्रहरी अधिकारी पनि घाइते भएका छन ।
घटनास्थलमा केहि विस्फोटक उपकरणहरू पनि फेला परेको थियो ।
न्यू ऑर्लिन्सका मेयर लाटोया क्यान्ट्रेलले यो घटनालाई आतंकवादी आक्रमणू भनेका छन । ँFBI ले यसलाई आतंकवादी गतिविधिका रूपमा अनुसन्धान गरिरहेको बताएको छ ।
यो रक्तपात जर्मनीमा भएको एक घातक गाडी आक्रमणको केही दिनपछि भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस घटनाबारे जानकारी दिइएको छ ।
20 डिसेम्बरमा जर्मनीको क्रिसमस बजारमा भएको गाडी आक्रमणमा ५ जनाको मृत्यु भएको थियो । सयौं घाइते भएका थिए।