सन २०२४ मा भारतमा ३१ बर्षपछि कै सबैभन्दा बढि गर्मी, जलवायु परिवर्तनको असर


प्रकाशित मिति : पुस १७, २०८१ बुधबार

भारतको मौसम विज्ञान विभागले सन् २०२४ सबैभन्दा तातो बर्षको रुपमा रेकर्ड भएको जनाएको छ । सन् १९०१ यता कै सबैभन्दा तातो वर्षको रुपमा सन २०२४ लाई रेकर्ड गरिएको हो ।

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको यो मुलुकमा जलवायु परिवर्तनले निम्त्याएको चरम मौसमको विश्वव्यापी प्रवृत्ति अनुरूप तापक्रम उच्च रहेको देखिएको हो ।

सन् १९०१ पछिको सबैभन्दा तातो वर्ष सन् २०२४ थियो भारतीय मौसम विज्ञान विभागका महानिर्देशक मृत्युञ्जय महापात्रले भनेका छन ।

्संयुक्त राष्ट्रसङ्घले गत महिना एक दशकको अभूतपूर्व गर्मीको अन्त्य गर्दै सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने बताएको थियो ।

जलवायु परिवर्तनले २०२४ मा विश्वव्यापी रूपमा चरम मौसम र रेकर्ड गर्मीको शृङ्खला निम्त्याउँदै अर्बौं डलर बराबरको क्षति पु¥याउने गरी प्राकृतिक प्रकोपहरूलाई बढाएको छ ।

भारतमा गत वर्ष तापक्रम ४५ डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो । भारत विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता हो ।

तर धेरै औद्योगिक पश्चिमको दुई दशकपछि सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध छ । अहिलेका लागि भारत विद्युत् उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com