अमेरिका र जापानको सम्वन्धमा स्टील कम्पनी बेच्न नदिने बाइडेनको निर्णयले कस्तो असर गर्ला ?


प्रकाशित मिति : पुस २०, २०८१ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी स्टील कम्पनीलाई जापानी कम्पनीले किन्न नपाउने गरी रोक लगाएका छन ।

जापानको ठूलो कम्पनी निप्पोन स्टीलले अमेरिकी स्टिल निर्माता यूएस स्टीलको अधिग्रहण गर्ने तयारी थियो ।

यद्यपि यस यो कदमले अमेरिका र जापान बीचको सम्वन्धमा असर गर्न सक्ने संभावना रहेको छ । यो कदमले विदेशी लगानीकर्तालाई तर्साउन सक्ने आधार पनि बनेको छ ।

बाइडनले राष्ट्रिय सुरक्षा खतरा रहेको बताउँदै निप्पोन स्टीलको खरीद अस्वीकार गरेको बताएका छन ।

अमेरिकी स्वामित्वले अमेरिकी स्टिल उद्योग र यसको आपूर्ति शृंखलालाई बलियो राख्न महत्त्वपूर्ण रहेको बाइडेनले बताएका छन ।

युनाइटेड स्टीलवर्कर्स युनियनको दबाब पछि बाइडेनले निर्णय लिएको देखिन्छ । यो २०२४ को अमेरिकी राष्ट्रपति चुनावको लागि संवेदनशील राजनीतिक मुद्दा बनेको थियो।

जापानीले बाइडेनको निर्णयलाई अवास्तविक भन्दै आलोचना गरेको छ । दुई कम्पनीहरूले पहिले अमेरिकी सरकारलाई सम्झौता नगरेमा मुद्दा दायर गर्ने धम्की दिएका थिए ।

बाइडेनले लगाएको रोकपछि दुबै कम्पनीहरु कानुनी उपचारको लागि केन्द्रीत हुने संभावना पनि देखिएको छ । जापानी उद्योगका लागि बाइडेनको यो निर्णयले गहिरो चिन्ता उत्पन्न गरेको छ ।

निप्पोन स्टीलले अमेरिकी स्टिल निर्माता यूएस स्टीललाई १४.९ बिलियन डलरको सम्झौतामा किन्ने योजना घोषणा गरेको एक बर्षपछि बाइडेनको निर्णय आएको हो ।

यो लेनदेनलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जोडी भ्यान्सले पनि आलोचना गरेका थिए ।

व्हाइट हाउसका प्रवक्ता जोन किर्बीले यो निर्णयले अमेरिकाको सहयोगी मुलुक जापानसँगको सम्बन्धमा नकारात्मक असर नपार्ने बताएका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com