अमेरिकाले इजरायललाई ८ अर्ब डलरको हतियार बिक्री गर्ने
प्रकाशित मिति : पुस २०, २०८१ शनिबार
अमेरिकाले इजरायललाई ८ अर्ब डलरको हतियार बिक्री गर्ने तयारी गरेको छ । विदेश मन्त्रालयले इस्रायललाई ८ अर्ब अमेरिकी डलरको हतियार बिक्रीको योजना बारे अमेरिकी संसदलाई सूचित गरेको बताइएको छ ।
बिक्री गरिने हतियारमा मिसाइल, तोपका गोला, र अन्य सैन्य सामग्री समावेश छन् । यो योजनालाई अमेरिकाको प्रतिनिधिसभा र सिनेटका समितिहरूले स्वीकृति दिनुपर्नेछ ।
राष्ट्रपति जो बाइडेनले पद छोड्नुभन्दा केही हप्ता अघि यो कदम बाहिर आएको हो । अमेरिकाले गाजाको युद्धका क्रममा धेरै नागरिकहरूको मृत्यु भएको कारण इजरायललाई सैन्य समर्थन स्थगित गर्न गरिएको माग अस्वीकार गरेको छ ।
गत अगस्टमा अमेरिकाले इजरायललाई २० अर्ब अमेरिकी डलर बराबरको फाइटर जेट र अन्य सैन्य उपकरण बिक्री गर्न स्वीकृति दिएको थियो ।
प्रस्तावित हतियारमा हावा हावा मिसाइल, हेलफायर मिसाइल, तोपका गोला र बमहरू समावेश रहेका एकजना अमेरिकी अधिकारीले बताएका बिबिसीले जनाएको छ ।
इजरायलले आफ्ना नागरिकहरूको रक्षा गर्न, अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुन अनुरूप, र इरान तथा यसका प्रतिनिधि संगठनहरूबाट हुने आक्रमणलाई रोक्नका लागि अधिकार राख्ने राष्ट्रपति बाइडेनले बताउदै आएका छन ।
इजरायलको सुरक्षाका लागि आवश्यक क्षमता प्रदान गर्न जारी राख्ने अमेरिकाले बताएको छ । अमेरिका इजरायलको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो ।
स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (SIPRI) का अनुसार, सन् २०१९ देखि २०२३ सम्म इजरायलको प्रमुख परम्परागत हतियार आयातको ६९ प्रतिशत अमेरिका मार्फत भएको थियो ।
यो योजना बाइडेन प्रशासनले हालैका हप्ताहरूमा गरेको थुप्रै कदमहरूमध्ये एक हो । यो सायद बाइडेनले ह्वाइट हाउस छोड्नु अघि इजरायललाई हतियार बिक्री अन्तिम हुनेछ ।
उनले २० जनवरी २०२५ मा डोनाल्ड ट्रम्पको पदस्थापनासँगै पद छाड्नु पर्नेछ ।
इजरायलले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणमा करिब १ हजार २०० मानिसको मृत्यु र २५१ अन्यलाई बन्धक बनाएको जवाफमा हमासलाई नष्ट गर्न अभियान शुरू गरेको थियो ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजा क्षेत्रमा इजरायलबाट भइरहेको हमलामा ४५ हजार ५८० भन्दा बढी मानिसको मृत्यु भएको छ ।