अमेरिकामा भारी हिमपात र अत्यधिक चिसो बढ्ने, लाखौं अमेरिकीहरु पूर्वतयारी गर्दै


प्रकाशित मिति : पुस २०, २०८१ शनिबार

अमेरिकामा भारी हिमपात र अत्यधिक चिसो बढ्ने मौसमबिदहरुले बताएका छन । दशौं लाख अमेरिकीहरू दशकौंपछि पहिलो पटक अत्यधिक भारी हिमपात र चिसो तापक्रम ल्याउन सक्ने ठूलो जाडो आँधीको सामना गर्ने तयारीमा जुटिरहेका छन ।

यो आँधी अमेरिकाको मध्यभागबाट सुरु भएर केही दिनभित्र पूर्वतर्फ सर्ने राष्ट्रिय मौसम सेवाले जनाएको छ । मिसिसिपी र फ्लोरिडा जस्ता क्षेत्रहरूमा खतरनाक अवस्थाहरूको सामना गर्नुपर्ने अबस्था आउने चेतावनी दिइएको छ ।

मौसमविद्हरूका अनुसार पोलर भोर्टेक्सको कारण यो अबस्था आएको हो । जुन आर्कटिक वरिपरि घुम्ने चिसो हावाको क्षेत्र हो ।

दशकौंमा सबैभन्दा भारी हिमपात केहि दिन हुन सक्ने राष्ट्रिय समुद्री र वायुमण्डलीय प्रशासनले जनाएको छ ।

मौसमविद् ड्यान डेपोडविनले २०११ पछि अमेरिकाको सबैभन्दा चिसो जनवरी हुनसक्ने बताए । उनले ऐतिहासिक औसतभन्दा निकै कम तापक्रम एक हप्ता सम्म रहन सक्ने बताएका छन ।

आइतबार साँझसम्म आँधी आइपुग्ने अनुमान गरिएको पूर्वी तटमा पनि कम तापक्रमको संभावना रहेको बताइएको छ ।

कान्सास र इन्डियाना जस्ता क्षेत्रहरूमा कम्तीमा ८ इन्च सम्म हिमपात हुन सक्छ । मध्यपश्चिमका केही भागहरूमा हिउँका आँधी आउन सक्ने आकलन गरिएको छ ।

मिसौरी, इलिनोइस, केन्टुकी, र वेस्ट भर्जिनियाका केही भागहरूमा चट्टानजस्तो हिउँले यात्रा कठिन बनाउन सक्नेछ ।

आँधी पूर्वतर्फ सर्दै जाँदा थप अमेरिकीहरूले अन्यधिक न्यून तापमान अनुभव गर्ने मौसमविद्हरूले बताएका छन् ।

वाशिंगटन डीसी, बाल्टिमोर, र फिलाडेल्फिया जस्ता शहरहरूले आइतवारदेखि सोमबारसम्म हिउँ र बरफयुक्त अवस्थाको तयारी गरिरहेका छन् ।

भर्जिनियाका केही भागहरूमा ५ इन्च भन्दा माथी सम्म हिमपात हुन सक्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com