क्यानडाका प्रधानमन्त्रीद्धारा राजीनामा दिने संकेत
प्रकाशित मिति : पुस २१, २०८१ आईतबार
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिने संकेत गरेका छन । उनले लिबरल पार्टीको नेतृत्वबाट राजीनामा दिने घोषणा गर्ने अपेक्षा गरिएको छ ।
ट्रुडोले आफ्नो योजना घोषणा गर्ने कहिले हो त्यो त बताइएको छैन । तर राजीनामा दिने संभावना भने बलियो रहेको श्रोतको भनाई छ । बुधबारको महत्त्वपूर्ण राष्ट्रिय ककस बैठकभन्दा पहिले यो घोषणा हुने आशा गरिएको छ ।
ट्रुडोले तुरुन्तै पद छोड्ने कि नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्रीको रूपमा काम गर्ने भन्ने कुरा अझै स्पष्ट छैन । ट्रुडोले २०१३ मा लिबरल पार्टीको नेतृत्व सम्हालेका थिए । त्यती बेला पार्टी गम्भीर संकटमा थियो ।
ट्रुडोको राजीनामाले पार्टीलाई नेतृत्वविहीन बनाउनेछ । सर्वेक्षणहरूले आगामी चुनावमा लिबरल पार्टी कन्जरभेटिभहरूसँग नराम्रो पराजय भोग्न सक्ने तथ्यहरु बाहिर ल्याएका छन । चुनाव भने अक्टोबरको अन्तिमसम्म गर्नुपर्ने छ ।
उनको राजीनामाले चाँडै चुनाव गराउनु पर्ने माग बढ्ने संभावना छ । अवको चार वर्षसम्म अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको प्रशासनसँग सम्बन्ध राम्रो बनाउन सक्षम सरकारलाई सत्तामा ल्याउन आउने चुनावले सक्ने संभावना पनि छ ।
डोनाल्ड ट्रम्पसंग क्यानडाका प्रधानमन्त्री ट्रुडोको सम्वन्ध सुधार हुने संभावना कम देखिएको छ । ट्रम्पले निर्वाचित भए लगत्तै क्यानडाबाट आयात हुने सामानमा भन्सार शुल्क बढाउने चेतावनी दिएका थिए ।