युक्रेनले गरेको ड्रोन आक्रमणमा रूसी पत्रकार मारिए


प्रकाशित मिति : पुस २२, २०८१ सोमबार

युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी रूसी युद्ध संवाददाताको मृत्यु भएको छ ।

घटनामा अन्य चार जना पत्रकार घाइते भएका रसियाली समाचार संस्था रिया नोभोस्तीले जनाएको छ ।

डोनेट्स्क–गोर्लोभका राजमार्गमा रूसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रूसी पत्रिका इज्वेस्टियाका स्ट्रिङर अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको समाचारमा जनाइएको छ ।

“गोर्लोभकामा भएको गोलाबारीपछिको दृश्याङ्कन पछि हामी डोनेट्स्क फर्किरहेका थियौँ ।

राजमार्गमा मानव ड्रोनले हाम्रो कारलाई ठक्कर दियो,” आरआईए नोभोस्तीका संवाददाता म्याक्सिम रोमानेन्कोले भनेका छन ।

डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनले टेलिग्राममा सबै घाइते पत्रकारको उपचार भइरहेको बताए ।

रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रूसी पत्रकारमाथि हुने आक्रमणका लागि ‘उचित समयमा प्रतिक्रिया’ दिइने बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com