इयुले अमेरिकालाई भन्यो : युक्रेनलाई समर्थन गर्नेको नेतृत्व छोड्न खोजे इयुु तयार छ


प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

अमेरिका इच्छुक नभए युक्रेनलाई समर्थनको नेतृत्व गर्न युरोपेली सङ्घ इयु तयार देखिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेन समर्थकहरुको नेतृत्व अमेरिकाले गर्दै आएको छ ।

का विदेश नीति प्रमुख काजा कालासले अमेरिकाले युक्रेनलाई समर्थन जारी राख्नेमा आशावादी रहेको र यदि त्यसो नभए इयु नेतृत्व लिन तयार रहेको बताउनुभएको हो ।

अमेरिकी समर्थनबारे वास्तवमा अनुमान लगाउनु हुँदैन, अमेरिकाको युरोपमा महत्त्वपूर्ण चासो छ र रुस विश्वको सबैभन्दा बलियो शक्ति बन्नु अमेरिकाको हितमा छैन उनले भनेका छन । ट्रम्पको जनवरी २० को शपथ ग्रहणअघि कालासको भनाई बाहिर आएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनमा पश्चिमी सेनाको तैनाथीलाई ‘रुसलाई शान्तिमा बाध्य पार्ने’ ‘सर्वोत्तम साधनहरू’ मध्ये एकका रूपमा समर्थन गरेका छन ।

यो महिनाको अन्त्यमा डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किँदा युरोप ‘नयाँ अध्याय’ मा प्रवेश गर्दैछ र ‘नयाँ अवसरहरू’ प्राप्त हुनेछ ।

जेलेन्स्कीले पश्चिमाले लडाकू सेना पठाउने वा करिब तीन वर्षको युद्ध अन्त्य गर्ने कुनै सम्झौताको भागका रूपमा शान्ति सैनिक पठाउने बारे कुरा गरिरहेको थियो भनेर स्पष्ट भने नपारेको बताइएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले लडाइँको द्रुत अन्त्य गर्ने वाचा गरेका छन । रुसले आक्रमण गरेदेखि ६५ अर्ब डलर नाघेको अमेरिकी सैन्य सहयोगमाथि प्रश्न उठाइरहेका छन ।

रक्षामन्त्री लोयड अस्टिनले जनवरी २० मा हुने ट्रम्पको शपथ ग्रहणअघि करिब ५० करोड डलरको नयाँ अमेरिकी सहायताको घोषणा गरेका छन ।

युक्रेन ले दुई देशको साझा सीमाबाट पाँच सय किलोमिटर पछाडि रहेको रूसी सैन्य हवाई क्षेत्र आपूर्ति गर्ने तेल डिपोमा आक्रमण गरेको एक दिनपछि जेलेन्स्कीले आफनो भनाई सार्वजजिक गरेका हुन ।

ट्रम्प सत्तामा फर्कनुअघि दुवै पक्षले द्वन्द्वमा उच्च स्थान सुरक्षित गर्न खोजिरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com