अमेरिकामा १ महिनामा २ लाख ५६ हजार नयाँ रोजगारी थपिए
प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार
अमेरिकामा अप्रत्याशित रूपमा रोजगारी वृद्धि भएको छ । गत डिसेम्बर महिनामा २ लाख ५६ हजार नयाँ रोजगार सिर्जना भएको देखिएको हो ।
जुन उच्च ब्याज दरहरूको बावजूद अर्थतन्त्रको लचीलापनको अर्को संकेत हो। श्रम विभागले शुक्रबार रिपोर्ट प्रकासित गर्दै भनेको छ नोभेम्बरमा २ लाख १२ हजार भन्दा बढी रोजगारी सिर्जना भएको थियो।
२०२४ मा समग्रमा अर्थतन्त्रले २।२ मिलियन रोजगार थपेको छ । तर यो २०२३ मा ३ मिलियन, २०२२ मा ४.५ मिलियन र २०२१ मा ६.४ मिलियनको रेकर्ड भन्दा कम हो ।
डिसेम्बर महिनाका यी नयाँ रोजगारीका आँकडाले १ लाख ५५ हजार नयाँ रोजगारीको अनुमानलाई माथि पुयाएको छ ।
बेरोजगारी दर ४।२ प्रतिशत रहेको छ। स्वास्थ्य सेवा कम्पनीहरूले ४६ हजार रोजगारी थपेका छन् ।
खुद्रा व्यापारहरूले ४३ हजार र सरकारी निकायहरूले ३३ हजार रोजगारी थपेका छन्। श्रम विभागको पुनरावलोकनले अक्टोबर र नोभेम्बर महिनाका रोजगारबाट ८ हजार घटाएको छ।
औसत मासिक मजदुरी नोभेम्बर महिनासँग तुलना गर्दा ०.३५ प्रतिशत बढेको छ । एक वर्षको तुलनामा ३.९ प्रतिशत बढेको छ।
वार्षिक मजदुरी वृद्धिदरले अर्थशास्त्रीहरूको अनुमानभन्दा केही कम वृद्धि देखाएको छ। पछिल्ला केही महिनाहरूमा अमेरिकी रोजगार बजारको स्पष्ट चित्र प्राप्त गर्न कठिन भएको छ।
ह्युरिकेन र बोइङमा भएको ठूलो हडतालले अक्टोबर महिनाका रोजगार आँकडामा प्रभाव पारेको थियो, जसले ती अंकलाई तल धकेल्न र नोभेम्बरमा पुनः वृद्धि गरिदिएको थियो ।
पछिल्ला केहि वर्षहरूमा अर्थतन्त्र र रोजगारी बजारले अचम्मको लचीलापन देखाएको छ।
शुक्रवारको रोजगार रिपोर्टले औसत मासिक मजदुरी नोभेम्बरसँग तुलना गर्दा ०.३५ बढेको छ ।
२०२३ को डिसेम्बरको तुलनामा ४ प्रतिशत को वृद्धि भएको छ ।