डेनमार्ककी प्रधानमन्त्रीले ट्रम्पलाई भनीन, ग्रीनल्याण्डको भविष्य निर्धारण गर्ने अधिकार ग्रीनल्याण्डलाई मात्र छ
प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडेरिकसेनले ग्रीनल्यान्डको भविष्य निर्धारण गर्ने अधिकार ग्रीनल्यान्डलाई मात्र भएको बताएकी छन ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता ग्रीनल्यान्डलाई अमेरिकाले किन्ने इच्छा राखेको बताएपछि डेनमार्क र ग्रीनल्याण्डमा चर्चा सुरु भएको थियो । ग्रीनल्याण्ड डेनमार्कको स्वायत्त क्षेत्र हो ।
फ्रेडेरिकसेनले ट्रम्पलाई डेनमार्क आर्कटिक क्षेत्रमा सुरक्षा जिम्मेवारी बढाउन तयार रहेको बताइन् ।
उनले ग्रीनल्यान्डका प्रधानमन्त्री मुठे एगेडेको भनाइलाई पनि स्मरण गराएकी छन । उनले ग्रीनल्यान्ड बिक्रीमा नरहेको बताएका थिए ।
ट्रम्पले सार्वजनिक रूपमा उक्त फोन कलमा कुनै प्रतिक्रिया नजनाएको बताइएको छ ।
अघिल्लो राष्ट्रपति कार्यकालमा ट्रम्पले ग्रीनल्यान्ड किन्न चाहेको बताएका थिए। जब फ्रेडेरिकसेनले उक्त प्रस्तावलाई अविचारपूर्ण भनेपछि ट्रम्पले तुरुन्तै डेनमार्कको भ्रमण रद्ध गरेका थिए।
अमेरिका डेनमार्कको दोस्रो सबैभन्दा ठूलो निर्यात बजार हो । यस साता ग्रीनल्याण्डका प्रधानमन्त्री एगेडेले ट्रम्प प्रशासनसँग संवाद सुरु गर्न तयार रहेको बताएका थिए ।
ट्रम्पका टिप्पणी र उनका छोराको ग्रीनल्यान्डको भ्रमणले गत हप्ता डेनमार्कमा ठूलो चासो उत्पन्न गरेको छ।