मेक्सिको अमेरिकासँग व्यापार युद्ध नगर्ने सोचमा, सहकार्य गरेर अघि बढ्ने
प्रकाशित मिति : माघ १२, २०८१ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2025/01/Flag_of_Mexico.jpg?fit=1300%2C743&ssl=1)
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिकासँग कुनै व्यापार युद्ध नहुने बताएकी छन । उनले अमेरिकासँग व्यापार युद्ध भएमा आफनो देशलाई कुनैपनि फाइदा नपुग्ने बताएकी हुन ।
विश्व आर्थिक मञ्च डाभोसमा ट्रम्पले मेक्सिकोसँग राम्रो व्यवहार गरिरहेको बताएका थिए । मेक्सिकोलाई न्यायोचित व्यवहार गर्न चाहेको उनको भनाई थियो ।
यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले फेब्रुअरी १ देखि मेक्सिकाबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।
शेनबामले वासिङ्टनसँगको सहकार्यलाई मजबुत बनाउन र फेन्टानिलको वितरण र आप्रवासनजस्ता केही प्राथमिकताका विषयमा ट्रम्पसँग मिलेर काम गर्ने इच्छा पनि व्यक्त गरेको देखिएको छ ।
ट्रम्पले पदभार ग्रहण गरेदेखि नै सामूहिक निर्वासनमार्फत आप्रवासी विरोधी उपायहरूलाई बलियो बनाउन विभिन्न कार्यकारी आदेशहरूमा ट्रम्पले हस्ताक्षर गरेका छन ।
यसको जवाफमा, मेक्सिको सरकारले सीमामा आप्रवासी नियन्त्रण केन्द्रहरू स्थापना गरेको छ ।
निर्वासितहरूको लागि व्यापक निगरानी राख्न ‘मेक्सिकोले अमेरिकी अधिकारीसँग काँधमा काँध मिलाएर अघि बढ्न’ कार्यक्रमको घोषणा गरेको छ ।