अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको आधिकारिक तस्बिर सार्वजनिक


प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार

ह्वाइट हाउसले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको आधिकारिक तस्बिर सार्वजनिक गरेको छ।

सोमबार कालो र सेतो कलरमा तस्बिर सार्वजनिक गरिएको हो । जुन फोटोग्राफर रेजिन महाउक्सले राष्ट्रपति निवासमा खिचेका थिए।

प्रथम महिलाको कार्यालयका अनुसार यो तस्बिर २०२५ को जनवरी २१ मा खिचिएको हो। तर, सुरुमा गल्तीले यो तस्बिर २०२४ मा खिचिएको उल्लेख गरिएको थियो।

यसअघि, राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सका आधिकारिक तस्बिर पदस्थापन समारोहको तयारीका क्रममा सार्वजनिक गरिएका थिए।

मेलानिया ट्रम्पले राष्ट्रपति डोनाल्ड ट्रम्पको पदस्थापन समारोहमा आफ्नो फेसनका छनोटहरूले धेरैको ध्यान आकर्षित गरिन्। सपथ ग्रहण समारोहका लागि उनले अमेरिकी डिजाइनर एडम लिप्सद्वारा डिजाइन गरिएको निलो र सेतो कपडा र टोपी लगाएकी थिइन्। साँझको समारोहमा भने उनले हेर्वे पियरेद्वारा डिजाइन गरिएको कालो९सेतो गाउन लगाएर झनै चर्चा कमाइन्।

पछिल्लो शुक्रबार मेलानिया ट्रम्प राष्ट्रपति ट्रम्पसँगै उत्तर क्यारोलिनामा आँधीबाट प्रभावित क्षेत्रहरूको निरीक्षणमा पनि सहभागी भएकी थिइन्।

गत हप्ता ट्रम्प दम्पतीले आफ्नो २० औँ वैवाहिक वार्षिकोत्सव मनाए। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत मेलानियाको तस्बिर साझा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

तस्बिर स्रोत : ह्वाइट हाउस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com