अमेरिकामा अवैध रूपमा बसिरहेका आफना नागरिकलाई चीनले फिर्ता लैजाने
प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2024/07/Xi-Jinping.jpg?fit=1800%2C1200&ssl=1)
चीनले अमेरिकामा अवैध रूपमा बसिरहेको भनेर पहिचान भएका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन तयार भएको जनाएको छ । अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउने तयारी भइरहेको चीन सरकारले बताएको हो ।
अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका मानिसहरूलाई फिर्ता नलगेमा ति देशहरुमाथि कर र प्रतिबन्ध लगाउने धम्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिदै आएका छन ।
अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनले पाँचवटा चार्टर उडानहरूमा सयौँ चिनियाँ नागरिकहरूलाई चीन फिर्ता पठाएको थियो । उनीहरूलाई अमेरिकाले अवैध बासिन्दा घोषित गरेको थियो ।
‘हामी अमेरिका र अन्य देशका अध्यागमन र कानुन प्रवर्तन विभागहरूसँग सहकार्य गरिरहेका छौँ । प्रमाणीकरण पछि चिनियाँ नागरिकको रूपमा पुष्टि भएपछि चीन ती नागरिकहरूलाई फिर्ता लैजान चीन तयार छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन ।
ट्रम्पले गत हप्ता आफ्नो कार्यकालको पहिलो दिन नै अवैध आप्रवासनलाई राष्ट्रिय आपतकाल घोषणा गरेका थिए । अहिले अमेरिकामा अबैध रुपमा बसेका आप्रवासीहरुलाई दैनिक पक्राउ गर्ने दर पनि बढाइएको छ ।
अधिकारीहरुले बताए अनुसार दैनिक १५०० अबैध आप्रवासीहरुलाई पक्राउ गर्न राष्ट्रपति ट्रम्पले अनुमति दिएका छन ।