अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याए स्वैच्छिक अवकासको प्रस्ताव, २ लाख संघीय कर्मचारीले स्वीकार गर्ने अपेक्षा
प्रकाशित मिति : माघ १६, २०८१ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2025/01/AP25024655909202-scaled.jpg?fit=2560%2C1707&ssl=1)
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारको आकार घटाउने उद्देश्यले संघीय कर्मचारीहरूलाई स्वैच्छिक अवकासको प्रस्ताव गरेका छन ।
कार्यालय फर्किन नचाहनेहरूका लागि बाइआउट अर्थात स्वच्छिक अवकासको प्याकेज ल्याएका हुन ।
उनको प्रशासनले लाखौं कर्मचारीहरूलाई एक इमेल पठाउँदै ६ फेब्रुअरी भित्र स्वैच्छिक अवकासको कार्यक्रममा भाग लिन चाहने हो या होइन भन्ने निर्णय गर्नुपर्ने निर्देश गरेको छ ।
यदि कर्मचारीहरूले उक्त मितिसम्म आफ्नो जागिर छोड्ने निर्णय गरे भने तिनीहरूले लगभग आठ महिनाको तलब प्याकेजको रूपमा प्राप्त गर्नेछन्।
ट्रम्प प्रशासनको अनुमान छ कि लगभग १० प्रतिशत कर्मचारीहरूले यो प्रस्ताव स्वीकार गर्नेछन् । जुन दुई मिलियनभन्दा बढी संघीय कर्मचारीहरूको २ लाख आसपास हुनेछ ।
यस बाइआउट योजनाले सरकारको १०० अर्ब डलरसम्म बचत गर्न सक्नेछ ।
कर्मचारीहरूलाई यो सम्झौतामा भाग लिनको लागि इमेलमा ‘राजीनामा’ शब्द विषयवस्तुमा लेखेर जवाफ दिन भनिएको थियो । यस प्रस्तावमा कर्मचारीहरूको तलब र लाभहरू ३० सेप्टेम्बरसम्म दिइनेछ ।
हुलाकका कर्मचारीहरू, सैनिक सदस्यहरू, आप्रवासन अधिकारीहरू र केही राष्ट्रिय सुरक्षा कर्मचारीहरूलाई यो प्रस्तावको सुविधा दिइएको छैन ।
कोभिड महामारीपछि टाढाबाट काम गर्दै आएका संघीय कर्मचारीहरूलाई अब हप्तामा पाँच दिन कार्यालय फर्कनु पर्नेछ।
ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा सरकारको आकार घटाउने र संघीय खर्च कटौती गर्ने वचन दिएका थिए ।