युक्रेनले रुसको अर्को तेल प्रशोधन केन्द्रमा आक्रमण गर्यो
प्रकाशित मिति : माघ १६, २०८१ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2024/09/ukraine.jpg?fit=1024%2C622&ssl=1)
युक्रेनले रुसको तेल प्रशोधन केन्द्रमा अर्को हमला गरेको छ । युक्रेनको पूर्वी मोर्चाबाट करिब ८ सय किलोमिटर टाढा रहेको रुसी तेल प्रशोधन केन्द्रमा चारवटा ड्रोनले लुकोइल कम्पनीको डिपोमा हमला गरेका थिए । हमलाबाट ठूलो क्षति भएको छ ।
रूसको क्सतोभो शहरमा रहेको तेल प्रशोधन कारखानामा सफलतापूर्वक हमला गरेको युक्रेनी सेनाले बताएको छ ।
सोसल मिडियामा पोस्ट गरिएको भिडियोहरूमा एउटा औद्योगिक क्षेत्रमा ठूलो ज्वाला देखा परेको देखाइएको छ। क्षेत्रीय गभर्नर ग्लेब निकितिनले ड्रोनका अवशेष औद्योगिक क्षेत्रमाथि खसेका बताएका थिए ।
ड्रोनले आणविक ऊर्जा केन्द्रमा आक्रमण गर्ने प्रयास गर्दा त्यसलाई प्रहार गरिएको सेनाले बताएको छ ।
युक्रेनी सेनाले एक साताको बीचमा रुसमा दोश्रो ठूलो आक्रमण गरेको हो । शुक्रबार युक्रेनी सेनाले गत साता अर्को रूसी तेल प्रशोधन कारखानामा हमला गरेको थियो ।
कम्तिमा १२१ वटा ड्रोनले आक्रमण गरेको थियो । युक्रेनमाथि रुसले आक्रमण गरेको तिन बर्ष पुग्न थालेको बेला दुई देशमाबीचमा संघर्ष तिव्र भएको छ ।