३० हजार कागजातविहीन आप्रवासीलाई ग्वान्तानामे बेमा पठाउन ट्रम्पको आदेश


प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० हजार कागजातविहीन आप्रवासीलाई ग्वान्तानामो बेमा रहेको जेलमा पठाउने बताएका छन् । उनले ग्वान्तानामो बेमा ३० हजार जनासम्मलाई राख्न सकिने बताएका छन् ।

अमेरिकी जनताका लागि घातक सबैभन्दा खराब आप्रवासी अपराधीहरूलाई त्यहाँ पठाइने ट्रम्पले बताएका छन् । ग्वान्तानामो जेल लामो समयदेखि आतंकबादमा दोषी ठहरिएका अपराधीहरुलाई राख्न प्रयोग गरिएको छ । यो जेललाई मानव अधिकार समुहहरूले निरन्तर रुपमा आलोचना गर्दै आएका छन् ।

ट्रम्पका सिमा प्रमुख टम होम्यानले त्यहाँको अहिले उपलव्ध सुविधालाई विस्तार गरि यसलाई आप्रवासन र भन्सार प्रवर्तन आइसद्वारा सञ्चालन गरिने बताएका छन् ।आप्रवासीहरूलाई सिधै समुद्रमा अमेरिकी कोस्ट गार्डद्वारा पक्राउ गरिए पछि ग्वान्तानामो बे पठाइनेछ ।

क्यूबाको सरकारले भने अमेरिकी योजनाको कडा विरोध गरेको छ । ट्रम्पका अनुसार यहाँ अमेरिकाको बिना कागजात आएका आप्रवासी राख्ने क्षमता दोब्बर बनाइनेछ ।
ग्वान्तानामो बेमा रहेको सैन्य कारागारले दशकोंदेखि सेप्टेम्वर ११ को आक्रमण पछि अमेरिकी कब्जामा लिइएका बन्दीहरूलाई राखेको छ । अहिले त्यहाँ १५ बन्दीहरू राखिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com