अमेरिकी विमान दुर्घटना अपडेट : १८ जनाको शव निकालियो, उद्धार कार्य चल्दै


प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार

a close up of the tail end of an american airlines plane

अमेरिकाको राजधानी वाशिंगटन डीसीको नजिकै विमान र हेलिकप्टर ठोक्किएपछि भएको दुर्घटनामा अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबीसी हिन्दीले बताएको छ ।

विमानमा चालक दलका ४ जना सदस्य , ६० यात्रु गरी ६४ जना सवार रहेका थिए । बॉम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान वाशिंगटनबाट कानकास जाँदै थियो ।

वाशिंगटन, डीसी बाहिर रेगन राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग विमान ठोक्किएको हो ।

हेलिकप्टरसँग ठक्कर खाएपछि विमान आकाशमा दुई भागमा टुक्रिएर पोटोमाक नदीमा खसेको हो । नदीमा खोजी र उद्धार कार्य जारी छ ।

स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिंगटन नेशनल एयरपोर्टको नजिकै भएको यो दुर्घटना अनुसन्धानको विषय बनेको छ । यो विमान रेगन नेशनल एयरपोर्टबाट उडान भर्ने तयारीमा थियो।

रेगन एयरपोर्टले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको छ कि हालका लागि सबै उडानहरू रोकिएका छन् ।

दुर्घटनामा संलग्न हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर हो । हेलिकप्टरमा यूएस आर्मीका तीन सैनिक सवार थिए । तर हेलिकप्टरमा कुनै उच्च अधिकारी सवार थिएन ।

यो हेलिकप्टर भर्जीनियाको फोर्ट बेलिवोरबाट उडेको थियो । यो स्थान रोनाल्ड रेगन नेशनल एयरपोर्टको दक्षिण पश्चिमतर्फ अवस्थित छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना गम्भीर भएको र अनुसन्धान भइरहेको बताएका छन । वाशिंगटन डीसीको फायर एण्ड ईएमएस डिपार्टमेन्टले विमान पोटोमाक नदीमा खसेको बताएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com