अमेरिकामा जन्मिएकी थिइन् छोरी, पिताले टिकटक बनाएको भन्दै पाकिस्तान फर्काएर हत्या गरे


प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार

पाकिस्तानको क्वेटा सहरमा एक पिताले आफ्नै छोरीको गोली हानी हत्या गरेका छन् । प्रहरीका अनुसार पिता अनवर उल-हकले हालै आफ्नो आफ्नो परिवारलाई अमेरिकाबाट पाकिस्तानमा फिर्ता ल्याएका थिए ।

उनले प्रहरी सामु आफूले नाबालिग १५ वर्षीय छोरीको हत्या गरेको स्वीकार गरेका छन् । उनले आफ्नी छोरीले टिकटक बनाएको मन पराएका थिएनन् ।

प्रहरीका अनुसार उनले पहिले आफ्नी छोरीलाई अज्ञात व्यक्तिले हत्या गरेको बताएका थिए । यद्यपि, पछि उनले आफ्नो अपराध स्वीकार गरे ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार छोरीको लुगा लगाउने शैलीप्रति परिवार नै तनावमा थियो । उनको परिवार करिब २५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको थियो। आरोपीसँग अमेरिकी नागरिकता छ।

आरोपी पिताले प्रहरीलाई बताएअनुसार उनकी छोरी अमेरिकामै जन्मिएकी थिइन् । अमेरिका बसाइँको क्रममा नै उनले टिकटकमा भिडियो बनाउन सुरु गरेकी थिइन् । जसलाई पिताले अश्लील भिडियो बनाएको भन्दै गाली समेत गर्थे ।

पाकिस्तान फर्किएपछि पनि उनले भिडियो अपलोड गर्ने कार्यलाई जारी राखेकी थिइन्। यस घटनामा आरोपीका श्रीमतीका भाइ समेत पक्राउ परेका छन्।

पाकिस्तानमा टिकटकका ५४ मिलियन प्रयोगकर्ताहरू छन्।

यो पनि पढ्नुहोस् :

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com