अमेरिकी कारागारमा रहेका रुसी नागरिक रिहा हुँदै


प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार

अमेरिकी जेलमा रहेका रुसी नागरिक रिहा हुने भएका छन । अमेरिकाले रुसका एक जना नागरिकलाई अमेरिकी शिक्षक मार्क फोगलको मुक्तिको बदलामा रिहा गर्न लागेको हो ।

अमेरिकाले रिहा गर्न लागेका व्यक्ति अलेक्जेंडर विननिक हुन । उनलाई २०१७ मा बिटकइन जस्ता भर्चुअल मुद्राको प्रयोग गरेर अर्बौं डलरको पैसाको धन्दा र मनी लाउन्डरिङ गर्नको लागि कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो ।

अमेरिकी न्यायाधीशले विननिकमाथि चोरी गरिएको रकमको मनी लाउन्डरिङसँग सम्बन्धित २१ वटा आरोप लगाएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि फोगलको रिहाइको बदलामा अर्को रुसी कैदीलाई रिहा गर्ने संकेत गरेका थिए । फोगललाई मंगलबार राति रुसको कारागारबाट मुक्त गरी अमेरिका फर्काइएको छ ।

विननिकले गएको वर्षको मे महिनामा आरोप स्वीकारेका थिए । उनलाई २० वर्षसम्मको कारावास सजायको सामना गर्नुपर्ने अवस्था आएको थियो ।

अमेरिकी अधिकारीका अनुसार उनी लगभग १२० मिलियन डलरको हानि गर्नेमा जिम्मेवार थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com