अमेरिकी राष्ट्रपति ट्रम्प ‘विश्वको सम्राट’ बन्न खोजिरहेको ब्राजिलको आरोप


प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘विश्वको सम्राट’ बन्न खोजिरहेको ब्राजिलले आरोप लगाएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप लगाएका हुन ।

ब्राजिलले अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आह्वान गरेको छ ।

ट्रम्पले जसरी काम गरिरहेका छन त्यहाँ उनमा रहेको विश्वको सम्राट बन्ने कोशिश मात्रै हो ब्राजिलका प्रधानमन्त्रीले भनेका छन । सबै देश र सबै सार्वजनिक नीतिहरूमा हस्तक्षेप गर्ने कोशिश बन्द गर्न उनको आग्रह छ ।

लुलाको टिप्पणी ट्रम्पले युक्रेनका नेता भोलोदिमर जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै आक्रोश व्यक्त गरेपछि आएको हो ।

अमेरिकाले युद्ध अन्त्य गर्ने प्रयासमा रुससँग प्रत्यक्ष वार्ता गरेर युक्रेनलाई चिढ्याएको छ ।

लुलाले ट्रम्पलाई ‘प्रत्येक देशको सार्वभौमिकताको सम्मान गरिनुपर्छ भन्ने महसुस गर्न’ आग्रह गरे ।

जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पसँग कुरा नगरेका लुलाले अमेरिका ब्राजिलका लागि महत्त्वपूर्ण व्यावसायिक साझेदार भएको दोहोर्याए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com