विश्वका सबैभन्दा सक्रिय दुर्लभ रक्तदाता ह्यारिसको मृत्यु
प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

विश्वका सबैभन्दा सकृय रक्तदाताको निधन भएको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित एक नर्सिंग होममा जेम्स ह्यारिसनको निधन भएको हो । उनी ८८ बर्षका थिए । उनको प्लाज्माले २ मिलियन भन्दा बढी शिशुको जीवन बचाएको अनुमान गरिएको छ ।
अस्ट्रेलियामा गोल्डन आर्म भएको मानिसको रूपमा चिनिने ह्यारिसनको रगतमा दुर्लभ एंटीबॉडी, एंटी डी रहेको थियो । जुन गर्भवती आमाहरूलाई दिइने औषधि बनाउन प्रयोग गरिन्छ । यो औषधिको माध्यमले आमाको रगतले भ्रुण अबस्थाको शिशुको रगतलाई आक्रमण गर्नबाट बचाउँछ ।
अस्ट्रेलियन रेड क्रस ब्लड सर्विसले ह्यारिसनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै १४ वर्षको उमेरमा ठूलो छातीको शल्यक्रिया गर्दा रगत सँगै ब्लड ट्रान्सफ्युजन प्राप्त गरेपछि ह्यारिसनले रक्तदाता बन्ने वचन दिएका थिए ।
उनले १८ वर्षको उमेरमा आफ्नो रगतको प्लाज्मा दान गर्न सुरु गरेका थिए । ८१ वर्षको उमेरसम्म हरेक दुई हप्तामा रक्तदान गर्दै गए ।
सन् २००५ मा उनले सबैभन्दा बढी रगत प्लाज्मा दान गर्ने विश्व रेकर्ड बनाएका थिए यो उपाधी उनले सन् २०२२ सम्म राखे । अहिले एक अमेरिकी पुरुषको नाममा यो उपाधी रहेको छ ।
छोरी ट्रेसी मेलोशिप र ह्यारिसनका दुई नातिनातिनीहरू पनि एंटीडी इम्युनाइजेसनका प्राप्तकर्ता हुन् ।
एंटीडी जाब्सले आमाको कोखमा रहेका शिशुहरूलाई हेमोलिटिक डिजिज अफ द फेटस एण्ड न्युबोर्न (HDFN) नामक घातक रगतको रोगबाट बचाउँछ ।
यो अवस्था गर्भावस्थामा तब हुन्छ जब आमाको रातो रगतका कणहरूको रगत शिशुको रगतसँग मेल खाँदैन । १९६० को मध्यतिर एंटीडी हस्तक्षेपहरू विकास हुनु अघि HDFN बाट प्रभावित हुने प्रत्येक दुई मध्ये एक शिशुको मृत्यु हुने गर्दथ्यो ।
ह्यारिसनको रगतमा एंटी डी कति धेरै थियो भन्ने कुरा अस्पष्ट छ । तर केही रिपोर्टहरूले भनेका छन् कि यो उनको १४ वर्षको उमेरमा प्राप्त गरिएको विशाल रक्त प्रत्यारोपणसँग सम्बन्धित थियो ।
अस्ट्रेलियामा २०० भन्दा कम एंटी डी दाताहरू छन् । उनीहरुले प्रत्येक वर्ष लगभग ४५ हजार आमाहरू र तिनीहरूको शिशुहरूको मद्दत गर्ने गरेका छन ।