अमेरिकाले सहयोग सु्चारु गरेन भने ४ वर्षमा ६० लाख मानिसको मृत्यु हुने अनुसन्धानकर्ताहरूको चेतावनी


प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार

एचआइभी चिकित्सक र अनुसन्धानकर्ताहरूले एड्स विरुद्धको विश्वव्यापी लडाइँमा सहयोग जारी राख्न अमेरिकासँग आग्रह गरेका छन ।

विनाशकारी कोष खारेज गर्ने ट्रम्प प्रशासनले निर्णय लिएपछि यसले प्रभावितलाई हानि पुगेको भन्दै चिकित्सक र अनुसन्धानकर्ताहरुले कोष कटौतीको निर्णय फिर्ता लिन आग्रह गरेका हुन ।

अमेरिका ऐतिहासिक रूपमा मानवीय सहायताको विश्वको सबैभन्दा ठूलो दाता हो ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्केपछि अन्तर्राष्ट्रिय सहायतामा भारी कटौती गरेका छन ।

मानवीय संस्थाहरूले कटौतीले एचआइभी, क्षयरोग, मलेरिया र अन्य स्वास्थ्य समस्याहरूसँग लड्ने विश्वव्यापी प्रयासहरूमा ठूलो प्रभाव पारेको बताएका छन ।

यसले लाखौँ जीवनलाई जोखिममा पारेको चेतावनी समेत उनीहरुले दिएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई सयौँ उच्च–प्रोफाइल एचआइभी चिकित्सक, शोधकर्ता र जनस्वास्थ्य विज्ञहरूले हस्ताक्षर गरेको खुला पत्र हस्तान्तरण गर्दै सरकारलाई आफ्नो मार्ग परिवर्तन गर्न आह्वान गरेका छन ।

अमेरिकाले सहयोग जारी राखेन भने ४ वर्षमा अनुमानित ६० लाख मानिसको मृत्यु हुने उनीहरुले प्रक्षेपण गरेका छन । अहिलेसम्म भएका प्रयासहरु पनि कमजोर हुने उनीहरुको दावी छ ।

रुबियोले युएसएआइडी अन्तर्गत भएका सम्झौता मध्ये ८३ प्रतिशत समाप्त भएको घोषणा गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com