स्पेसएक्सको नयाँ रकेट प्रक्षेपण, १० महिनादेखि अन्तरिक्षमा रहेका विल्मोर र सुनिता पृथ्वीमा फर्कने


प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार

स्पेसएक्सले नयाँ रकेट प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा नयाँ क्रू पुराउने र बोच विलमोर र सुनिता विलियम्सलाई घर फर्काउने योजना अन्तर्गत स्पेसएक्सले नयाँ रकेट प्रक्षेपण गरेको हो ।

यो जोडी आईएसएस मा केवल आठ दिन मात्र रहने गरि अन्तरिक्षमा पुगेको थियो । तर यानसँग सम्बन्धित प्राविधिक समस्याका कारण उनीहरू नौ महिनाभन्दा बढी समयदेखि त्यहाँ रहेका छन् ।

नयाँ क्रू आईएसएसमा पुगेर दुई दिन पछि यी अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्कन सुरु गर्नेछन् ।

नासाका कमर्शियल क्रू कार्यक्रमका प्रबन्धक स्टीव स्टिचले खुशी व्यक्त गर्दै बुच र सुनिताले उत्कृष्ट काम गरेका बताए । उनीहरूलाई फर्काउन पाउँदा उत्साहित भएको उनले भनेका छन ।

सुनिता विलियम्सले अन्तरिक्षमा रहनुलाई आफ्नो खुसीको स्थान भनेर वर्णन गरेकी छन् । यो लामो समयसम्म अन्तरिक्षमा रहनाले पारिवारिक जीवनमा विघटन ल्याउने संभावना रहन्छ ।

बुच र सुनिता २०२४ को जून महिनाको सुरुमा आईएसएस मा पुगेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com