अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या २० पुग्यो, झण्डै ३ लाख बिजुलीविहिन


प्रकाशित मिति : चैत्र २, २०८१ शनिबार

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

दक्षिण पूर्वी राज्यहरुमा आएको आँधीका कारण ६ राज्यमा २ लाख ५० हजारभन्दा बढी मानिसहरु बिजुलीविहिन भएका छन ।

सबैभन्दा बढी क्षति आँधीले मिसूरीमा पुराएको छ । त्यहाँ १२ जनाको मृत्यु भएको छ ।

टेहसमा धूलोको आँधीले कारमा सवार ३ जनाको मृत्यु भएको छ । ओकलाहोना र अर्कान्सासमा पनि मृत्युका घटना भएका छन । आँधीले बाटोमा हिडिरहेका कारहरुलाई पल्टाइदिएको थियो ।

टेक्सस, मिसूरी र इलिनोइसमा आँधीले धेरै क्षति पुराएको देखिन्छ । अविरल वर्षा र बाढीको चेतावनी ती तीन राज्यहरूमा जारी गरिएको छ ।

अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढीको चेतावनी जारी गरिएको छ । अमेरिकी मौसम सेवा ले बाढीका कारण जनजीवन खतरामा पार्न सक्ने चेतावनी दिएको छ ।

अर्कान्सासमा तीन जनाको मृत्यु र २९ जनाभन्दा बढी घाइते भएका छन् । त्यहाँ आपतकालीन स्थिति घोषणा गरिएको छ ।

जर्जियाका गभर्नरले पनि राज्यमा आपतकाल घोषणा गरेका छन । एनडब्ल्यूएसले आँधीको खतरा आइतबार अलाबामा, फ्लोरिडा र जर्जियामा पनि फैलिन सक्ने अनुमान गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com