रुस र युक्रेनले आक्रमण तिव्र बनाए , युद्धविराम संभव होला त ?


प्रकाशित मिति : चैत्र २, २०८१ शनिबार

रुस र युक्रेनले एकअर्का बिरुद्ध भारी हवाई आक्रमण गरेका छन । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी ड्रोनहरू प्रहार भएको बताएका छन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा ३० दिने युद्धविरामको अमेरिकी प्रस्तावको विवरणहरूबारे छलफल गर्न अमेरिकी दूत स्टिभ विटकफसँग भेट गरेको २४ घण्टाभन्दा कम समयमा यो आक्रमण भएको हो ।

पुटिनले सिद्धान्ततः युद्धविरामलाई समर्थन गर्ने तर यसमा सहमत हुनुअघि स्पष्ट पारिनु पर्ने धेरै विवरणहरू प्रस्तुत गरेका थिए। युक्रेनले पहिले नै अमेरिकी युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ ।

युक्रेनी अधिकारीहरूले रुस शान्ति सम्झौतामा प्रतिबद्ध हुनेमा सार्वजनिक रूपमा आशङ्का व्यक्त गरेका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले सीमा नजिक सेना जम्मा गरेको आरोप लगाएका छन ।

युक्रेनी नेताले अमेरिकी भनाइपछि रूसको कुस्र्क क्षेत्रमा युक्रेनको सेनाले आफ्नो उपस्थिति कायम राखेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘हजारौँ’ युक्रेनी सेना रूसी सेनाले घेरिएको बताएका थिए ।

तर जेलेन्स्कीले कुस्र्क क्षेत्रमा रुसी र उत्तर कोरियाली समूहहरूलाई युक्रेनी सेनाले रोकिराखेको दावी गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com