अमेरिकी आँधी अपडेट : ज्यान गुमाउनेको संख्या ३४ पुग्यो
प्रकाशित मिति : चैत्र २, २०८१ शनिबार

अमेरिकामा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या बढेको छ । प्राप्त पछिल्लो विवरण अनुसार आँधीका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको हो ।
क्षतिको विवरण संकलन भइरहेकाले मृतकको संख्या बढ्नसक्ने अधिकारीहरुले बताएका छन । मृतक मध्ये १२ जना मिसूरीका रहेका छन ।
क्यान्ससमा धूलोको आँधीका कारण ५५ भन्दा बढी गाडी दुघटना भएका छन । ति दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
मिसिसिपीका गभर्नर टेट रिव्सले राज्यभर फैलिएका थुप्रै टॉरनाडोहरूका कारण छ जना मृत्यु भएको बताएका छन् ।
शनिबार साँझसम्म पावरआउटेज ट्र्याकरका अनुसार पाँच वटा राज्यहरूमा १ लाख ७० हजार भन्दा बढी मानिसहरु बिजुलीविहीन भएका छन् । मिशिगन, मिसूरी र इलिनोइस राज्य आँधीबाट धेरै प्रभावित भएका छन ।
ति क्षेत्रमा अझ शक्तिशाली आँधीको संभावना रहेको बताइएको छ । पूर्वी लुइजियाना, पश्चिमी जर्जिया, केन्द्रीय टेनेसी र पश्चिमी फ्लोरिडा पानह्याण्डलमा आँधीको चेतावनी जारी गरिएको छ ।
केन्द्रीय मिसिसिपी, पूर्वी लुइजियाना र पश्चिमी टेनेसीका साथै अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढी र बाढीको चेतावनी जारी गरिएको छ ।
अमेरिकी मौसम सेवा ले संभावित बाढीहरू मृत्युको कारण बन्न सक्छ भन्ने चेतावनी दिदै सर्तक रहन सुझाव दिएको छ ।