दश महिनादेखि अन्तरिक्षमा रहेका विल्मोर र सनी पृथ्वीमा फर्कने तयारी गर्दै
प्रकाशित मिति : चैत्र २, २०८१ शनिबार

स्पेसएक्सको रकेटले नयाँ क्रूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा अवतरण गराएको छ ।
अन्तरिक्ष यात्री बुछ विलमोर र सनी विलियम्सलाई घर फर्काउनका लागि बनाइएको योजना अनुसार रकेट अन्तरिक्ष स्टेसनमा अवतरण गरेको हो ।
केवल आठ दिन मात्रै बिताउने योजना अनुसार विलमोर र सनी अन्तरिक्ष स्टेशनमा पुगेका थिए ।
तर उनीहरू अन्तरिक्ष यानसँग सम्बन्धित प्राविधिक समस्याका कारण नौ महिनाभन्दा बढी समय त्यहाँ बस्नु परिरहेको छ ।
नयाँ क्रू पुगेपछि दुई दिन भित्र बुछ र सनीले पृथ्वी तर्फ फर्कने यात्रा सुरु गर्नेछन् ।
नासाका कार्यक्रम प्रबन्धक स्टीव स्टिचले विल्मोर र सनीले अन्तरिक्षमा शानदार काम गरेका र उनीहरूलाई फर्काउन उत्साहित भएको बताएका छन ।
यी अन्तरिक्ष यात्रीहरू र तिनीहरूका आईएसएस सहकर्मीहरू, नासाका निक हेग र रसकोस्मोसका कोस्मोनट अलेक्जान्डर गोर्बुनोभलाई रूस, जापान र अमेरिका बाट पुगेका चार जना अन्तरिक्ष यात्रीहरूले स्थानान्तरण गर्नेछन् ।
विल्मोर र सनी २०२४ को जून महिनाको सुरुवातमा आईएसएसमा पुगेका थिए ।