अमेरिकी निर्देशन र सम्लग्नतामा आइएसका उच्च कमाण्डर मारिए


प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

इराक र सिरियामा आइएस (इस्लामिक स्टेट) समुहका एक वरिष्ठ नेता मारिएका छन । इराकी राष्ट्रिय गुप्तचर सेवाका सदस्य र अमेरिकी नेतृत्वमा रहेका गठबन्धन बलहरूको अपरेसनमा ति वरिष्ठ नेता मारिएका इराकी प्रधानमन्त्रीले बताएका हुन ।

अबु खदीजा भनेर पनि चिनिने अब्दल्लाह मकी मुसलिह अलरिफाइ मारिएको पुष्टि भएको छ ।

अबु खदीजा इराक र संसारका सबैभन्दा खतरनाक आतंकवादीहरू मध्ये एक रहेको प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले दावी गरेका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबु अदीजा आफना बहादुर सेनाको कारवाहीमा परेको बताए । उनलाई धेरै पहिलादेखि निशाना बनाउने कोशिस अमेरिकी सेनाले गरेको थियो ।

अमेरिकी सेन्ट्रल कमाण्ड ले इराकको पश्चिमी अल अनबार प्रान्तमा एक सटीक हवाई हमला गरेको थियो ।

रिफाइ आइएसको सबैभन्दा उच्च निर्णायक निकायको प्रमुख थिए । समुहका विश्वव्यापी अपरेसन, बन्दोवस्ती र योजना कार्यन्वयनको मुख्य जिम्मेवारी उनले सम्हालेका थिए ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोशल’ प्लेटफर्ममा उनको दुःखी जीवन समाप्त भएको छ, र एक अन्य आइएस सदस्यसँगै, इराकी सरकार र कुर्दिस्तान क्षेत्रीय सरकारको सहकार्यमा यो संभव भएको हो भनेर लेखेका छन ।

सेन्टकमका अनुसार रिफाइ अर्को एक आइएस अपरेटरसँगै मारिएका हुन । इराकले डिसेम्बर २०१७ मा आइएसको पराजय घोषणा गरेको थियो । यो समुहलाई २०१९ मा यसको अन्तिम भूभागबाट निकालिएको थियो।

तर, मिलिटन्टहरू र स्लीपर सेलहरूले अझै पनि देशका विभिन्न भागहरूमा उपस्थिति जनाई राखेका छन् । इराकको सेना र प्रहरीविरुद्ध छिटपुट हमलाहरु गराईरहेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com