सिरियामाथि लगाइएको प्रतिबन्ध बिना शर्त हटाउन इयुसँग टर्कीको आग्रह


प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

सिरियामा लगाइएको प्रतिबन्ध हटाउन इयुलाई टर्कीले आग्रह गरेको छ ।

ब्रसेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय सहायता सम्मेलन अघि टर्कीले युरोपेली सङ्घ (इयु) लाई सिरियामाथिको प्रतिबन्ध बिना कुनै शर्त हटाउन आह्वान गरेको हो ।

सम्मेलनमा युद्धग्रस्त देश सिरियाका नयाँ अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ ।

टर्कीको विदेश मन्त्रालयले राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी डिसेम्बरमा सत्ता सम्हालेका सिरियाका नयाँ शासकहरूसँग गठबन्धन गरेर अङ्काराले देशमा ‘शान्तिपूर्ण सङ्क्रमण’ का लागि यस्तो कदम आवश्यक ठानेको बताएको छ ।

इयुले सोमबार सिरियाको समर्थनमा नवौँ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ ।

पहिलो पटक सिरियाको सरकारका प्रतिनिधिहरू–नयाँ अन्तरिम अधिकारीहरूलाई–उपस्थित हुन आमन्त्रित गरिएको छ ।

यस कार्यक्रमको उद्देश्य १३ वर्षभन्दा बढी गृहयुद्धपछि सिरियाको सङ्क्रमण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउनु हो ।

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–सारालाई केही चुनौतीबाट राहत दिन इयुले फेब्रुअरी २४ मा नै सिरियाको ऊर्जा, यातायात र बैंकिङ क्षेत्रमा प्रतिबन्धहरू खुकुलो पारेको थियो ।

तर युरोप र अन्य शक्तिहरू डिसेम्बर ८ मा असदलाई अपदस्थ गर्ने अप्रत्याशित आक्रमणको नेतृत्व गर्ने साराको इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) ले सिरियालाई कुन दिशामा लिन सक्छ भन्ने कुरामा सावधान छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com