म्यासेडोनियामा भएको आगलागीका कारण ५९ जनाको मृत्यु भएपछि १५ जना पक्राउ
प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

उत्तर म्यासेडोनियामा भएको आगलागीको छानबिन गर्न प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । त्यहाँ रहेको नाइट क्लबमा आगलागीबाट कम्तीमा ५९ जनाको ज्यान गएको छ । १५५ जना घाइते भएका छन ।
आइतवार बिहान कोकानी स्थित पल्स क्लबमा आगो लागेको थियो । त्यहाँ डीएनके को एक प्रसिद्ध हिपहप जोडीको कन्सर्टको लागि लगभग ५०० जना उपस्थित रहेका थिए ।
आगलागीका कारण ब्यान्डका एक मात्र सदस्य बचेका छन् । उनको पनि अस्पतालमा उपचार भइरहेको छ ।
त्यहाँका आन्तरिक मन्त्री पान्से टोस्कोव्स्कीले पक्राउ गरिएका व्यक्तिहरूलाई सोधपुछ गरिने छ । प्रहरीले आगलागीमा घूस र भ्रष्टाचारको आशंका गरेको छ ।
उक्त क्लवले कानूनी रुपमा संचालनको अनुमति प्राप्त नगरेको पाइएको छ । टोस्कोव्स्कीले आगो पायरोटेक्निक उपकरणका चम्किला कणहरूबाट सुरु भएको बताए ।
क्लवमा अधिकांश व्यक्तिहरू १८ देखि २० वर्षका युवा थिए । अधिकारीहरूले २० जना भन्दा बढी घाइते र ३ जना मरेका व्यक्ति १८ वर्ष मुनिका रहेका बताइएको छ ।
प्रधानमन्त्री ह्रिस्तिजान मिकोसकीले यसलाई देशको लागि कठिन र धेरै दुःखद दिन भनेका छन् । धेरै युवाले जीवन गुमाएका छन् । सरकारले सात दिनको राष्ट्रिय शोक घोषण गरेको छ ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपियन संघ कठिन समयमा उत्तर म्यासेडोनियाका जनतासँग रहेको बताएका छन ।