निर्वासनसम्बन्धी कानुनी लडाइँका बीच ट्रम्पले भने – ‘यो युद्धको समय हो’
प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनद्वारा ‘एलियन एनिमीज एक्ट’को प्रयोगबारे वकिलहरूले जवाफ दिने बताएका छन्। आइतबार एयर फोर्स वनमा यात्रा गर्दै गर्दा उनले अमेरिका हाल ‘युद्धको अवस्थामा’ रहेको बताएका छन्।
एक पत्रकारले प्रशासनले सङ्घीय न्यायाधीशको आदेश उल्लङ्घन गर्दै सो ऐन अन्तर्गत निर्वासन गरेको हो कि होइन भन्ने प्रश्न गर्दा ट्रम्पले जवाफ दिए, “मलाई थाहा छैन आदेश उल्लङ्घन भएको छ कि छैन। तपाईँले यसबारे वकिलहरूसँग कुरा गर्नुपर्छ।”
ट्रम्पले आफूले उक्त ऐनको उपयुक्त प्रयोग गरिरहेको दाबी गर्दै भने, “यो युद्धको समय हो।” उनले पूर्व राष्ट्रपति जो बाइडेनको आप्रवासन नीतिहरू अमेरिकाको सुरक्षाका लागि चुनौतीपूर्ण रहेको बताएका छन्।