क्यानडाका नयाँ प्रधानमन्त्री पहिलो विदेश भ्रमणको क्रममा पेरिस पुगे


प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

क्यानाडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी आफ्नो पहिलो विदेश भ्रमणअन्तर्गत फ्रान्स पुगेका छन्।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार क्यानडाली प्रधानमन्त्री कार्नीलाई एलिसी दरबारमा स्वागत गरेका हुन् ।

दुवै नेताहरूले युक्रेन युद्ध, द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नेछन्। उनीहरूको वार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com