अमेरिकाले सहयोग रोकेपछि १८ लाख अफगानी प्राथमिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुने


प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

अमेरिकाले सहयोग रोकेपछि अफगानिस्तानमा स्वास्थ्य सेवा प्रभावित भएका छन ।

विश्व स्वास्थ्य संगठनले आगामी जुन सम्म त्यहाँ सञ्चालित ८० प्रतिशत स्वास्थ्य कार्यक्रमहरु बन्द हुने चेतावनी दिएको छ ।

अमेरिकी सहायता एजेन्सीको आर्थिक सहयोगमा अफगानिस्तानमा स्वास्थ्य कार्यक्रमहरु सञ्चालनमा रहेका छन ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानमा आफूले सहयोग गर्ने ८० प्रतिशत सेवाहरू रकम अभावका कारण जुनसम्ममा बन्द हुनसक्ने बताएको हो ।

तत्काल सहयोग सुचारु भएन भने सन् २०२५ जुनसम्ममा थप २ सय २० भन्दा बढी सुविधा बन्द हुन सक्ने डब्लुएचओ ले बताएको हो ।

यस्तो अबस्था सृजना भयो भने १८ लाख अफगानी प्राथमिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुने अबस्था आउने छ ।

आर्थिक सहयोगको अभावका कारण १ सय ६७ वटा यस्ता सेवा पहिले नै बन्द भइसकेको संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य एजेन्सीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई फिर्ता लिने कार्यकारी आदेशमा हस्ताक्षर गरेदेखि यसले खतराको सङ्केत दिइरहेको छ ।

अमेरिकाले सहयोग रोकेपछि विश्वव्यापी दादुरा निगरानी नेटवर्कलाई पनि जोखिममा पारेको छ । यो अहिलेसम्म पूर्णरूपमा अमेरिकी सहयोगमा सञ्चालित रहेको थियो ।

डब्लुचओका अनुसार अफगानिस्तानमा जनवरी र फेब्रुअरीमा १६ हजारभन्दा बढी शङ्कास्पद दादुराका संक्रमित भेटिएका छन । ति मध्ये १ सय ११ जनाको मृत्यु भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com