पुटिनसँगको टेलिफोन संवाद अघि ट्रम्पले भने : ‘केहिमा सहमति भयो, धेरै मिलाउन बाँकी छ’


प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताका धेरै अंशहरू रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहमति भएको बताएका छन ।

युक्रेनलाई युद्धविरामका लागि सहमत गराएका अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दैछन ।

ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भने, ‘म मङ्गलबार बिहान पुटिनसँग फोन गर्नेछु । उनले भने केहि सम्झौताहरू भएका छन्, ‘धेरै कुरा अझै मिलाउन बाँकी छ।’

युद्धमा प्रत्येक हप्ता २ हजार ५०० सैनिकको मृत्यु भइरहेको छ । यो युद्धको अन्त्य आवश्यक छ । म पुटिनसँगको फोन वार्तामा निकै आशावादी छु, ट्रम्पले लेखेका छन् ।

सोमबार रातीको सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलन्स्कीले पुटिनमाथि युद्ध लम्ब्याउन खोजेको आरोप लगाए ।

ट्रम्प प्रशासनभित्र शान्ति वार्ताको अवस्थाबारे विरोधाभास धारणाहरु देखिएका छन् । युक्रेनी अधिकारीहरूसँग जेद्दा बैठकपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्ता सकारात्मक हुने अपेक्षा गरेका छन ।

मस्कोमा पुटिनसँग भेट गरेका अमेरिकी दूत स्टीभ विट्कफ ले वार्ताको अवस्था बारेमा सावधानीपूर्ण टिप्पणी गरेका छन । बेलायत र फ्रान्सले पुटिनलाई युक्रेनसँग शान्ति सम्झौतामा प्रतिबद्ध भएको प्रमाण दिन दबाब दिएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले जेलन्स्कीको साहस को प्रशंसा गर्दै शान्ति सम्झौतामा रूसको प्रतिबद्धता आउनु पर्ने बताएका छन ।

बेलायतका विदेशमन्त्री डेविड लाम्बीले पुटिनलाई पूर्ण र बिना सर्त युद्धविराम स्वीकार गर्न आह्वान गरेका छन । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले ट्रम्प शान्ति सम्झौतासँग प्रतिबद्ध रहेका बताएकी छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com