अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीचको फोन वार्ता समाप्त
प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको फोन वार्ता समाप्त भएको छ। युक्रेनमा युद्धविरामका लागि यो वार्तालाई धेरै महत्त्वपूर्ण मानिएको छ।
ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ डान स्काभिनोले सामाजिक सञ्जालमा एक पोस्टमार्फत दुई नेताहरूबीचको कुराकानीको बारेमा जानकारी गराएका थिए ।
डान स्काभिनोले लेखेका थिए, “राष्ट्रपति ट्रम्प हाल ओभल अफिसमा छन् र रूसी राष्ट्रपति पुटिनसँग कुरा गरिरहेका छन्। कुराकानी राम्रोसँग चलिरहेको छ र अझै पनि जारी छ।”
जारी टेलिफोन वार्ता सकिएको हो ।
अमेरिकाले युक्रेनमा युद्धविराम गराउने प्रयास गरिरहेको छ। गत हप्ता साउदी अरेबियामा अमेरिकी प्रतिनिधिहरूसँगको वार्तामा युक्रेनले ३० दिनअघिको अमेरिकी युद्धविराम प्रस्तावमा सहमति जनाएको थियो।