सुनिता र बुच सकुशल फर्किएपछि एलन मस्कले दिए स्पेसएक्स र नासा टोलीलाई बधाई
प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरको सफल फिर्तीपछि स्पेसएक्सका मालिक एलन मस्कले स्पेसएक्स र नासा टोलीलाई बधाई दिएका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत अन्तरिक्ष यात्रीहरुलाई सुरक्षित फर्काउन सफल भएको भन्दै स्पेसएक्स र नासाका टोलीहरूलाई बधाई दिएका हुन् । उनले एक्समा लेखेका छन्, सुरक्षित अन्तरिक्ष यात्री फिर्ताको लागि स्पेसएक्स र नासा टोलीहरूलाई बधाई छ
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि धन्यवाद दिएका छन् ।
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका हुन् । सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा स्टारलाइनर परीक्षण यानमा आईएसएस पुगेका थिए।
त्यहाँ ८ दिन बिताएपछि उनीहरू फर्कने योजना थियो । तर, अन्तरिक्षयानमा गडबडीका कारण उनीहरु अन्तरिक्षमा अड्किन पुगेका थिए ।
अन्तत : स्पेसएक्सको क्रू ड्र्यागन क्याप्सुलले ती दुई अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्सका साथै अन्य दुई जनालाई बोकेर फ्लोरिडाको गल्फ कोस्ट नजिकै तल्लाहासीको पानीमा न्यूयोर्क समयअनुसार साँझ ६ बजेभन्दा केही अघि अवतरण गरेको हो ।
यो पनि पढ्नुहोस् :
९ महिना अड्किएपछि पृथ्वीमा आइपुगे नासाका अन्तरिक्ष यात्रीहरू