शिक्षा मन्त्रालयलाई खारेज गर्ने ट्रम्पको तयारी


प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी शिक्षा मन्त्रालयलाई बन्द गर्ने योजना अघि बढाएका छन् । ट्रम्पले आफ्नो चुनावी प्रतिबद्धता अनुसार शिक्षा मन्त्रालयलाई बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

उनले शिक्षा मन्त्रालयलाई समाप्त गर्ने तयारी गरेका हुन । ट्रम्पले चुनावी कार्यक्रममा शिक्षा मन्त्रालय परम्परागत र मार्क्सवादीले भरिएको बताएका थिए ।

ट्रम्प प्रशासनले शिक्षाको जिम्मेवारी परिवारलाई दिन चाहेको छ । कर्मचारीलाइ जिम्मा दिदा प्रतिफल नआएको प्रशासनको दावी छ ।

ट्रम्प र शिक्षा मन्त्रालयलाई खारेज गर्ने पक्षधरहरूले लामो समयदेखि यस संस्थाले अमेरिकी विद्यार्थीहरूलाई असफल बनाएको दावी गर्दै आएका छन् ।

ह्वाइट हाउसका प्रमुख उप प्रेस सचिव ह्यारिसन फील्ड्सले नेशनल असेस्मेन्ट अफ एजुकेशनल प्रोग्रेसका स्कोरहरूले राष्ट्रिय संकटलाई देखाएको भनेकी छन ।

पछिल्लो चार वर्षमा डेमोक्र्याटहरूले लाखौं अवैध बालबालिका देशमा भित्र्याउदा स्कूलका स्रोतहरूमा दबाव परेको भन्दै उनले अमेरिकी विद्यार्थीहरूमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइन ।

अमेरिकी शिक्षक संघ कांग्रेसलाई कार्यकारी आदेशको विरोध गर्न आग्रह गरेको छ ।

संघले आदेशको सामना गर्दै संघीय सरकारले सबै बालबालिका, विद्यार्थीहरू र कामकाजी परिवारहरूको जिम्मेवारी छोड्ने छैन भनेर राष्ट्रपतिलाई बुझ्नको लागि आग्रह गरेको छ ।

ह्वाइट हाउसले २०२३ मा बाल्टिमोरका १३ उच्च विद्यालयहरूमा विद्यार्थीहरूले गणितमा कुनै पनि दक्षता परीक्षण नगरेको उदाहरण प्रस्तुत गर्दै यस मन्त्रालयको असफलता देखाएको छ ।

ट्रम्पले शिक्षा राज्यहरूमा फर्काउने सबै विद्यार्थीहरूले स्कूल छनोट गर्न पाउने बताएका छन । ट्रम्पको कार्यकारी आदेश आएपनि कांग्रेसको सहमति बिना शिक्षा मन्त्रालय समाप्त गर्न पाइदैनन ।

किनकी अमेरिकी संविधान अनुसार यो आदेश पारित गराउन ६० मत आवश्यक पर्दछ । तर सिनेटमा रिपब्लिकनसँग ५३ मत मात्र छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com