आज अन्तर्राष्ट्रिय खुसीयाली दिवस


प्रकाशित मिति : चैत्र ७, २०८१ बिहीबार

आज अन्तर्राष्ट्रिय खुसीयाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुसीयाली दिवस मनाउने घोषणा गरेको थियो ।

संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकाङ्क्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो । यो दिवस मनाउने सङ्कल्प भुटानले सुरु गरेको हो । भुटानले सन् १९७० को दशकको सुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुसीलाई लक्ष्यको रूपमा अपनाएको थियो ।

फ्रान्सेली भाषा दिवस

आज विश्वभर फ्रान्सेली भाषा दिवस पनि मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले विभिन्न छ भाषालाई दिवसका रूपमा मनाउँदै आएको छ । जसमा फ्रान्सेलीसँगै अबेरिक, चिनियाँ, अङ्ग्रेजी, रसियन, स्पेनिस भाषा दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा भाषाको इतिहास, संस्कृति र यसको प्रयोगको महत्वबारे जानकारी साझा गर्ने लगायतका काम गरिन्छ । ‘एजेन्सी फर कल्चरल एन्ड टेक्निकल को अपरेसन’ स्थापना भएको दिनको प्रतीकका रूपमा सन् १९७० मार्च २० को यो दिवस मनाउन सुरु गरिएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com